काठमाडौं । काठमाडौं उपत्यकामा थप दुईजनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको जानकारी दिए । ती दुवै बालकमा हिजो हैजा पुष्टि भएको हो ।
योसँगै उपत्यकामा हैजाका बिरामी १९ पुगेका छन् । उनका अनुसार कागेश्वरी मनहरा नगरपालिका–६ का ४ र ६ वर्षका बालकमा हैजा भेटिएको हो । उनले ती दुवै बालक स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएको बताए ।
हैजा तथा झाडापखाला रोगबाट बच्नका लागि उमालेको वा क्लोरिन झोल हालेर शुद्धिकरण गरिएको पानी मात्र पिउन आग्रह गरिएको छ । खाना बनाउनु अघि र पछि, दिसापिसाब गरेपछि र फोहर चलाएपछि राम्रोसँग साबुनपानीले हात धुनुपर्दछ ।
यस्तै, खानेपानी सधैँ सफा भाँडोले छोप्न, खानेकुरा राम्ररी पकाएर खान, सडेगलेको, बासी र झिँगा भन्केको खानेकुरा नखान समेत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ । झापापखाला लागे झोलिलो खानेकुरा खान पनि आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २१ असार २०७९, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कतारका राजाको स्वागतमा सिँगारियो काठमाडौं (तस्वीरहरू)
डढेलो नियन्त्रण नभए काठमाडौंको वायु प्रदूषण अझै बढ्ने
विश्वकै वायु प्रदूषणको पहिलो सूचीमा नेपाल
काठमाडौंका विद्यालयले तोकेकै ठाउँमा मात्रै पुस्तक र पोसाक किनाउन नपाउने
हेटौंडा-चखेल- काठमाडौं सडक १६ दिनको लागि बन्द
काठमाडौँका सडकमा १ हजार २६ वटा स्मार्ट लाइट जडान