काठमाडौँ। घटस्थापनादेखि आज बुधबार बिहान ६ बजेसम्म ५ लाखभन्दा बढी मान्छेले काठमाडौँ छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथका अनुसार बुधबार बिहान ६ बजेसम्मको तथ्यांकअनुसार ५ लाख ६ हजार ५२५ जनाले काठमाडौँ उपत्यका छाडेका हुन् ।
यो सडक मात्रैबाट काठमाडौँ छाड्ने यात्रुहरूको विवरण हो । दशैंको अवसरमा घर फर्कने यात्रुहरूलाई लक्षित गरेर ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष सञ्चालन समेत गरेको छ ।
टिकटमा हुने कालोबजारीदेखि नाका नाकामा ट्राफिक खटाएर भाडादर समेत अनुगमन गरिएको छ । बढी भाडा असुल्ने गाडीहरूलाई कारबाही समेत तिव्र पारिएको प्रहरीले जनाएको छ ।
मंगलबारसम्म मात्रै बढी भाडा लिएको आरोपमा ३१ जनालाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीको छ । यसका साथै हवाईमार्गबाट पनि यो पटक उत्तिकै यात्रुहरू काठमाडौँबाट बाहिरिएका छन् ।
मुख्य गरी पूर्वी नेपालको मुख्य राजमार्ग वीपी हाईवे बाढी पहिरोका कारण अवरुद्ध भएपछि हवाई मार्गबाट उपत्यका छाड्नेहरूको संख्या पनि उल्लेख्य छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २३ असोज २०८१, १५ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भोलिदेखि तीन दिनसम्म काठमाडौँका यी स्थानमा विद्युत् आपूर्ति प्रभावित हुने
अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
काठमाडौंको प्लेअफ लडाइँ : अन्तिम खेलमा आज विराटनगरसँग भिड्दै
विश्वकै प्रदूषित सहरको शीर्ष १० मा काठमाडौँ
विश्वकै छैटौँ प्रदूषित सहर बन्यो काठमाडौँ
काठमाडौं उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन