काठमाडौँ । बिहीबारदेखि तीन दिनसम्म काठमाडौँका केही स्थानमा विद्युत् आपूर्ति प्रभावित हुनसक्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
मूलपानी १३२ केभी सबस्पेशनमा भक्तपुर–चपली १३२ केपी प्रशारण लाइनलाई ‘लुप इन लुप आउट’ गर्नका लागि बिहीबार बिहान ६ बजेदेखि शनिबार साँझसम्म तीन दिन तोकिएको स्थानमा विद्युत् सेवा प्रभावित हुनसक्ने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।
जसअनुसार चपली सबस्टेसन, लैनचौर सबस्टेसन, चाबहिल सबस्टेसन, बालाजु सबस्टेसन, पुरानो चाबहिल तथा महाराजगन्ज ११ केभी स्विचिङ सबस्टेसनहरुबाट सञ्चालित वितरण केन्द्र अन्तरगतका ११ केभी फिडरहरुबाट विद्युत् आपूर्ति हुने स्थानहरूमा विद्युत् सेवा प्रभावित हुनसक्ने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ फागुन २०८१, १३ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
काठमाडौंको प्लेअफ लडाइँ : अन्तिम खेलमा आज विराटनगरसँग भिड्दै
विश्वकै प्रदूषित सहरको शीर्ष १० मा काठमाडौँ
विश्वकै छैटौँ प्रदूषित सहर बन्यो काठमाडौँ
५ लाख मान्छेले छाडे काठमाडौँ
काठमाडौं उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन