सात बर्षपछि फोरम नेपाल सरकारमा फर्कियो

शुक्रबार, १८ जेठ २०७५, १५ : ०५
सात बर्षपछि फोरम नेपाल सरकारमा फर्कियो

चितवन । वर्तमान सरकारसगँ दुई बुदेँ सहमति गर्दै फोरम नेपाल सरकारमा सहभागि भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र मोहममद ईस्तियाक राइनलाई क्रमश :स्वास्थ्य तथा जनसंख्या मन्त्री र शहरी विकास मन्त्रीको रुपमा शुक्रबार सरकारमा सहभागी गराउनु भएको हो ।
सात बर्षसम्म सरकारमा सहभागित नभएको फोरम नेपाल ओली नेतृत्वको सरकारमा फर्किएको छ । एमालेका तत्कालिन अध्यक्ष झलनाथ खनालको नेतृत्वमा २०६८ सालमा गठन भएको सरकार सहभागी भएको फोरम नेपाल त्यस यता कुनै पनि सरकारमा सहभागी भएको थिएन । सात वर्षमा सातजना प्रधानमन्त्री परिवर्तन भए तर तीमध्ये कुनै पनि सरकारमा फोरम नेपाल सहभागी भएको थिएन ।
यो सगैँ वर्तमान सरकारले चौथो पटक मन्त्री परिषद वस्तार गरेको छ । २२ सदस्यी मन्त्रीमण्डल अब २४ सदस्यी पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस