लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सम्बन्धी छलफलमा विपक्षी दलका धेरैजसो सांसदहरुले बजेटको आलोचना गरेका छन् । प्रदेशसभाको मंगलबार बसेको बैठकमा विपक्षी सांसदहरुले बजेटले लक्ष्य प्राप्त गर्न नसक्ने जिकिर गरे ।
एमाले सांसद तुलसी चौधरीले सरकारले आर्थिक सङ्कटतिर मुलुक गएको बेला फजुल खर्च घटाउने गरी बजेट आउनुपर्नेमा त्यसको उल्टो भएको बताए । बैजनाथ चौधरीले आर्थिक मामिला मन्त्रालयले बजेट खर्च गर्न नसकेको टिप्पणी गरे । चालु आर्थिक वर्ष पुँजीगत खर्च ४४र४५ प्रतिशतमात्र भएको भन्दै उनले आर्थिक मामिला मन्त्रालयले रकमान्तर नगर्दा धेरै पुल उद्घाटन हुन नसकेको बताए ।
राष्ट्रिय जनमोर्चाकी सांसद तारा जिसीले सहकारीमा सहुलियत दिँदा मन्त्री सीमित घेराभन्दा माथि उठ्न नसकेको बताइन् । उनले आफूले र पार्टीले माग नगरेका योजनाहरू फरक रूपमा अर्थमन्त्रीले प्युठान जिल्लामा लगेको बताइन् । उनले कार्यकर्ताहरूको योजना राख्ने तर सांसदहरुले दिएका योजनाहरू काट्ने काम भएको आरोप लगाउँदै रातो पुस्तक आउनुभन्दा पहिले बजेट सार्वजनिक भएको बताइन् ।
एमाले सांसद आरती पौडेलले स्थानीय तहका उपप्रमुखहरु न्यायाधीशको भूमिका रहेको उनीहरूलाई कानुनी विषयमा तालिम दिनुपर्ने बताइन् । उनले सहकारी विकास बोर्डलाई कार्यकर्ता भर्ती केन्द्र बनाउन खोजिएको बताइन् । सहकारीको नाम जोडेर भवन बनाउनु, साबुन बनाउने जस्ता शीर्षकमा रकम राखिएको भन्दै उनले त्यसको छनौटमाथि प्रश्न गरिन् ।
एमाले सांसद कमल श्रेष्ठले आफ्नो क्षेत्र गुल्मीको धार्मिक रुरु क्षेत्रमा बजेट कम छुट्याएको आरोप लगाए । उनले गत वर्ष ४६ करोडको योजना अनुसार काम भइरहेको ठाउँमा अहिले जम्मा २५ लाखमात्र छुट्याएको बताए । उनले बजेट सत्तामुखी भन्दा पनि मन्त्रीमुखी भएको आरोप लगाए ।
नेपाली काँग्रेसका सांसद भुवनेश्वर चौधरीले बजेट प्राथमिकता, सिद्धान्त, नीति तथा कार्यक्रम अनुसार आएको भए राम्रो हुने थियो भन्ने टिप्पणी गरे । नीति तथा कार्यक्रम अनुसार बजेट नभएको उनको भनाइ थियो ।सांसदहरुले उठाएको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले बुधबार बस्ने बैठकमा दिने कार्यसूची छ । बुधबार बिहान ११ बजे प्रदेशसभा बैठक बस्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ असार २०७९, २० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बढेन लुम्बिनीको पूँजीगत खर्च, हालसम्म कति भयो कार्यान्वयन ?
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
गण्डकी र लुम्बिनी प्रदेश जोड्ने पुल निर्माण अन्तिम चरणमा
कर्णालीविरुद्ध टस जितेर बलिङ गर्दै लुम्बिनी
लुम्बिनीमा विपद्बाट पाँच करोडभन्दा धेरैको क्षति
लुम्बिनीका कांग्रेस सांसद केसी रकम भुक्तानी गरेर रिहा