लुम्बिनी । लुम्बिनी प्रदेशमा विभिन्न विपदबाट पाँच करोड ५० लाख रुपैयाँभन्दा बढी क्षति भएको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी गङ्गाधर पाण्डेयका अनुसार विपद्का कारण चालु आर्थिक वर्षको कात्तिकसम्म पाँच करोड ५८ लाख ५२ हजार बराबरको क्षति भएको हो।
सबैभन्दा बढी रोल्पामा रु एक करोड ७१ लाख ४९ हजार र सबैभन्दा कम रुकुमपूर्व र गुल्मीमा शून्य क्षति भएको उनले जानकारी दिए। लुम्बिनीमा ४५२ घटना भएकामा ११४ जनाको मृत्यु भएको छ भने २२९ घाइते भएका छन्।
विपदबाट १० जना बेपत्ता भएका छन् भने ११५ संरचना पूर्ण रूपमा क्षति भएका सूचना अधिकारी पाण्डेयले बताए। उनका अनुसार ३२३ संरचनामा आंशिक क्षति भएको छ। लुम्बिनीमा बाढी, पहिरो, डुबानबाट उक्त क्षति भएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ कार्तिक २०८१, ०८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बढेन लुम्बिनीको पूँजीगत खर्च, हालसम्म कति भयो कार्यान्वयन ?
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
गण्डकी र लुम्बिनी प्रदेश जोड्ने पुल निर्माण अन्तिम चरणमा
कर्णालीविरुद्ध टस जितेर बलिङ गर्दै लुम्बिनी
लुम्बिनीका कांग्रेस सांसद केसी रकम भुक्तानी गरेर रिहा
लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्री लीला गिरी बन्ने