काठमाडौं । नेपालका लागि नव–नियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौं आइपुगेका छन् । शनिबार अपरान्ह काठमाडौँ ओर्लिएका श्रीवास्तव अनुभवी करियर कूटनीतिज्ञ भएको नेपालस्थित भारतीय दूतावासले बताएको छ ।
काठमाडौँमा जिम्मेवारी लिन आउनु अघि राजदूत श्रीवास्तव भारतीय विदेश मन्त्रालयमा चीन, जापान, कोरिया र मङ्गोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखको रुपमा कार्यरत थिए ।
श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रुपमा काम गरिसकेका बताइएको छ । साथै उनले वासिङटन, बेइजिङ, संघाई र हङकङमा विभिन्न जिम्मेवार पदमा रही काम गरेको पनि अनुभव छ ।
राजदूत श्रीवास्तवले राष्ट्रपति विद्या भण्डारीलाई आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएपछि औपचारिक जिम्मेवारी सम्हाल्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ असार २०७९, १८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री आरजु राणासँग भारतीय राजदूतले गरे भेट
भारतीय राजदूत श्रीवास्तवद्वारा सहरी विकासमन्त्री सिंहसँग शिष्टाचार भेटवार्ता
परराष्ट्रमन्त्री श्रेष्ठसँग भारतीय राजदूतको भेटवार्ता