काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । मन्त्रालयमा बिहीबार भएको भेटवार्तामा द्विपक्षीय हितबारे कुराकानी भएको मन्त्रालयले जनाएको छ । भेटमा राजदूत श्रीवास्तवले नेपाल–भारत रेल मागबारे कुरा गरेको मन्त्रालयले जनाएको छ ।
रेल सेवा सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक जनशक्तिलाई तालिम तथा प्रशिक्षण उपलब्ध गराउन भारत तयार रहेको उनले बताए । त्यस क्रममा मन्त्री दाहालले नेपालको रेलवे तथा विकासका अन्य क्षेत्रमा भारतले पुर्याएको योगदानको प्रशंसा गरेको मन्त्रालयले जनाएको छ । उनले आगामी दिनमा दुई देशबीच सम्बन्ध थप प्रगाढ बन्ने समेत बताए ।
भेटमा मन्त्रालयका सचिव केशवकुमार शर्माले मन्त्रालयसँग सरोकार राख्ने विषयमा दुई देशका अधिकारीबीच छिट्टै बैठक बस्ने विश्वास व्यक्त गरे । भेटमा रेल विभाग महानिर्देशक अजयकुमार मुल, सडक विभाग महानिर्देशक रामहरि पोखरेल, विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख सुशीलबाबु ढकाल, अन्य सहसचिव लगायत सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ माघ २०८१, १३ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको मर्म अनुसार काम गर्न भौतिकमन्त्रीको निर्देशन
चाडपर्व अगाडि नै सडकका खाल्डा पुर्न भौतिकमन्त्रीको निर्देशन