योगेशले लिए प्रचण्डको अन्तर्वार्ता

मंगलबार, १५ जेठ २०७५, १५ : ४१
योगेशले लिए प्रचण्डको अन्तर्वार्ता

काठमाडौं । यो फोटो हेर्नुभयो भने तपाईँले भन्नुहोला – नेकपाका केन्द्रीय सदस्य योगेश भट्टराईले अध्यक्ष प्रचण्डलाई भेटेछन् । तर, यो फोटोको सन्दर्भ अल्ली फरक छ ।

 भट्टराईले पार्टीले प्रकाशन गर्दै आएको एक मासिक पत्रिकाका लागि प्रचण्डको अन्तर्वार्ता लिएका हुन् ।

योगेश हाल नेकपाका केन्द्रीय सदस्य  हुन् । यसअघि उनी तत्कालिन एमालेका केन्द्रीय सचिव र प्रचार विभाग प्रमुख समेत थिए ।

यसअघि तत्कालिन एमाले निकट मानिने नवयुगको अघिल्लो अंकमा नेता भट्टराईले प्रधानमन्त्री तथा तत्कालिन एमालेका अध्यक्ष केपी ओलीको पनि अन्तर्वार्ता लिएका थिए । उनीसँगै ओली र प्रचण्डको छुट्टाछुट्टै अन्तर्वार्ता लिने क्रममा अर्का केन्द्रीय सदस्यद्वय सूर्य थापा र विष्णु रिजाल समेत सहभागि भएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस