काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले अदालतको आदेशका कारण कालो सूचिमा रहेका ठेकेदारहरुलाई कारबाही गर्न नसकिएको स्पष्टिकरण दिएकी छन् ।
मन्त्री यादवले अदालतको आदेशकै कारण हुलाकी राजमार्गको हजारौं ठाउँको काममा अवरोध भइरहेको पनि जिकिर गरिन् । बुधबार मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले अदालतले कुरै नबुझी आदेश दिएका कारण कालोसूचिमा रहेका ठेकेदारहरुले उन्मुक्ति पाउने गरेको गुनासो गरिन् ।
‘ठेकेदारलाई कालो सूचिमा राख्दा अदालतमा मुद्धा हालिन्छ । अहिले भर्खरै एउटा पुलको हामीले कालो सूचिमा राख्यौं । अदालतमा गए । अदालतले उसलाई फेरी रोक्का गरिदियो । अब मन्त्रालयले के गर्छ ? अहिले हुलाकी सडकको हजारौं ठाउँमा काम अवरोध छ मुआब्जाको कारण स्टेअर्डर भएर बसेको छ’ उनले भनिन् ।
मन्त्री यादवले हुलाकी राजमार्ग निर्माणका लागि जग्गाको मुआब्जाको विषयमा अदालतले आदेश दिएकाले त्यहाँको हजारौं ठाउँको काम अघि बढन नसकेको बताइन् । ‘अदालतले कुरा नबुझी एकै छिनमा स्टेअर्डर गर्दाखेरि टुक्राटुक्रा सडकहरु हाम्रो बन्न सकेको छैन’ मन्त्री यादवले भनिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ असार २०७९, २० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगञ्ज कारागारको खानेपानी र शौचालय सुधाछौँ : मन्त्री यादव
काभ्रेमा बाढीले क्षती गरेका खानेपानी संरचना निर्माणको काम फाष्ट ट्र्याकमा गछौँ : मन्त्री यादव
मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु : मन्त्री यादव
सिस्नेरी खानेपानी आयोजनालाई चाँडो कार्यान्वयनमा ल्याउनू : मन्त्री यादव
असोजको पहिलो सातादेखि काठमाडौँमा पुनः मेलम्चीको पानी’ : मन्त्री यादव