एजेन्सी । कङ्गोको मध्य क्षेत्रमा हीरा खानीमा पहिरो जाँदा पुरिएर ४० भन्दा बढी मानिसको मृत्यु भएको छ ।
मङ्गलबार गएको पहिरोमा पुरिएर ४० भन्दा बढीको मृत्यु भएको कासई प्रान्तीय सरकारका आन्तरिक मन्त्री आलेन शिसुङ्गु नतुम्बाले बिहीबार सञ्चार माध्यमलाई जानकारी दिए ।
उनले मृतकहरूलाई खानीभित्रबाट निकाल्ने क्रम जारी रहेको बताए । पीडितहरू सबै हिरा खानीमा काम गर्ने श्रमिक रहेको उनले जानकारी दिए ।
पहिरोले करिब ४० वटा खाडललाई पुरेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २६ जेठ २०७९, १९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कङ्गोका राष्ट्रपति सिसेकेडीद्वारा गाेपनीयताकाे शपथ
पौडेलको कमाण्डमा १८८ जना शान्ति सैनिक कङ्गो प्रस्थान