नेकपा एमालेले पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण दिने भएको छ । एमाले केन्द्रीय पार्टी कार्यालय सचिव भीष्म अधिकारीले पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण राखिएका जानकारी दिए ।
उनका अनुसार एमालेको केन्द्रीय पार्टी स्कुल विभागको तर्फबाट दिइने प्रशिक्षणमा नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सहभागी हुनेछन् । असार २ र ३ गते जनप्रतिनिधिलाई वर्तमान राजनीतिक, आर्थिक विकास, स्थानीय तहको अधिकार, कार्यक्षेत्र, जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धलगायतका विषयमा प्रशिक्षण दिने एमालेले जनाएको छ ।
अभिमुखीकरण अध्यक्ष केपी शर्मा ओली र विज्ञहरुले दिने जनाइएको छ । जनप्रतिनिधिलाई अभिमुखीकरणमा सहभागी हुन महासचिव शंकर पोखरेलले पत्राचार गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ जेठ २०७९, २० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले नेताहरुको भूमिगत अनुभव समेटिएको पुस्तक सेल्टर सार्वजनिक
एमाले विराटनगरको अध्यक्षमा बलराम गिरी विजयी
काँग्रेस नेताहरूको असन्तुष्टिबारे संयन्त्रमै छलफल गर्दा राम्रो हुन्छ’: नेकपा एमाले
वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन
एमालेको सचिवालय बैठक बस्ने
दोषी भए पूर्वराजालाई नागरिक जसरी दण्डको भागीदार बनाउँछौं: ईश्वर पोखरेल