काठमाडौं महानगर अपडेट : बालेनले कटाए ३४ हजार मत, केशव र सिर्जनाबीच टक्कर

सफल खबर संवाददाता

शनिबार, ०७ जेठ २०७९, १३ : ४०
काठमाडौं महानगर अपडेट : बालेनले कटाए ३४ हजार मत, केशव र सिर्जनाबीच टक्कर

काठमाडौँ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह फराकिलो मतान्तरले अग्रता कायमै गरेका छन्। 

९३ हजार ६४७ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार साहले ३४ हजार मत कटाएका छन् । साहले ३४ हजार १३० मत पाउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १८ हजार ५४७ मत ल्याएका छन् । जहाँ साढे १५ हजार बढी मतान्तर रहेको छ । 
 
त्यस्तै, गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १८ हजार ४२९ मत ल्याएर तेस्रो स्थानमा छन्। केशव र सिर्जनाको मतान्तर ११८ रहेको छ।