काठमाडौं। युक्रेनी सेनाको कब्जामा परेका दुई नेपाली उद्धारपछि स्वदेश फर्किने भएका छन् । गैरआवासीय नेपाली संघको पहलमा उद्धार गरिएका उनीहरू शुक्रबार दिउँसो काठमाडौं आइपुग्ने भएका हुन् । टर्किस्ट एयरलाइन्सको जहाजमार्फत् उनीहरू माल्दोवाबाट शुक्रबार दिउँसो काठमाडौं आउने गैरआवासीय नेपाली संघले जनाएको छ ।
गैरआवासीय नेपाली संघका अध्यक्षा डा. बद्री केसीका अनुसार तेह्रथुमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखाका ३९ वर्षीय शेर साम्बो शेर्पा तीन महिनाको विद्यार्थी भिसामा युक्रेन पुगेका थिए । नयाँ दिल्लीस्थित एक एजुकेशन कन्सल्टेन्सीमार्फत युक्रेन पुगेका उनीहरू विगत नौ महिनादेखि त्यहाँको सेनाको कब्जामा थिए ।
युक्रेनी सेनाले बुधबार उनीहरूलाई माल्दोवामा लगेर छोडेको थियो । त्यसपछि गैरआवासीय नेपाली संघको पहलमा उद्धार प्रक्रिया अघि बढाइएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ माघ २०८१, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ललितपुरमा डढेलो निभाउने क्रममा दुईजना घाइते, एकको अवस्था गम्भीर
मणिपुरको सीआरपीएफ क्याम्पमा आक्रमण, दुई सैनिकको मृत्यु