काठमाडौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले समान बिचार भएकाहरु सबै एकै ठाउँमा आएर आन्दोलनमा होमिनु पर्ने प्रस्ताबप्रती राप्रपा अनुदार देखिनुलाई आफुले आश्चर्यजनक रुपमा लिएको बताएका छन् ।
पार्टीको लुम्बिनी, पश्चिमाञ्चल, सुदुरपश्चिमाञ्चल र कर्णाली क्षेत्रका पदाधिकारी,सदस्य र जिल्ला अध्यक्षहरुसङ्गको भर्चुअल बैठकमा बोल्दै थापाले अहिले एक -एक ब्यक्तीको पनि महत्व र आबश्यकता भएको बेलामा सबै बिचार मिल्ने पार्टी ,समूह, अभियान एक ठाउँमा बसौ भन्दा राप्रपाले यो बिषयलाई प्राथमिकता नदिनु अचम्मको रहस्य भएको समेत बताए ।
"उहाँहरुको आफ्नो केही आन्तरिक समस्या पनि हुन सक्ला, अब त्यो हामिले जान्ने कुरा भएन"थापाले भने । राप्रपासङ्ग तत्काल एकता हुन नसकेता पनि एजताको ढोकालाई खुल्ला राख्दै अब बिचार मिल्ने अन्य अभियान ,समूह र पार्टीसङ्ग छलफल गरेर राप्रपा नेपाल आन्दोलनमा जाने उनले स्पष्ट पारे । "सिद्धान्त केन्द्रित भएर इमानदारीपुर्बक आन्दोलनमा जान तयार हुने सबैसङ्ग छलफल गर्छौ र आन्दोलनमा जान्छौ, अहिले एजेन्डा स्थापित गर्ने अनुकुल समय छ"- उनले भने ।
बेरोजगारी ,धर्म परिबर्तन ,आर्थिक मन्दी जस्ता डरलाग्दो समस्या यो ब्यबस्था र प्रणालीले सामना गर्न नसक्ने भन्दै थापाले धार्मिक आस्था र बिश्वासमाथी हमला गर्दै धर्म संस्कृती र पहिचानलाई कमजोर बनाउने बिदेशी पैसाको प्रयोग गरिएकोमा आपत्ति प्रकट गर्दै थापाले छानबिन र कार्बाहिको समेत माग गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ माघ २०८१, ०७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन भन्नेले राजसंस्थाको पक्षमा उभिने हिम्मत गर्नुपर्छ : कमल थापा
राप्रपा नेपाललाई बलियो राष्ट्रवादी शक्ति बनाएरै छाड्छु : कमल थापा
कमजोर भएर पार्टी एकताको प्रस्ताव गरेको होइन : कमल थापा
प्रधानमन्त्री ओली र कमल थापाबिच भेट, के भयो कुराकानी ?
राप्रपाको केन्द्रीय समिति बैठक भोलि बस्दै
यथार्थतालाई बङ्ग्याएर गणतन्त्रको दुहाई दिनु वीपीको अपमान हो : कमल थापा