जुम्ला । जिल्लामा पहिलो पटक पत्रकार लेखन वृद्धि तथा महासंघमा योगदान पुर्याउने पत्रकार तथा कर्मचारीका लागि पुरस्कार कोष स्थापाना गरिएको छ ।
नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले आफ्नो ३९औँ जन्म दिनको अवसरमा लेखनमा योगदान पुर्याउने पत्रकार तथा कर्मचारीका लागि पुरस्कार कोष स्थापाना गरेका हुन् । जन्म दिन मनाउने बहानामा तडक भडक नगरी, फजुल खर्च गर्ने परिपाटीको अन्य गर्ने प्रयासस्वरुप कोष स्थापना गरिएको उनले बताए ।
अध्यक्ष शाहीले आफ्नो जन्मोत्सवका अवसरमा ११ हजार रुपैयाँ जम्मा गरी पुरस्कार कोष स्थापना गरेका हुन । अध्यक्ष शाहीले भने ,‘जन्मदिनमा केक काट्नु भन्दा सबै पत्रकार साथीहरुले जति सकिन्छ केही रकम कोषमा जम्मा गर्न अनुरोध गर्छु ।
'धेरै पत्रकार साथीहरुको लेखन बृद्धि गर्ने हेतुले कोष स्थापना गरेको उनको भनाइ छ । अध्यक्ष शाहीले चेक नेपाल पत्रकार महासंघका सचिब मानदत्त रावललाई हस्तानतरण गरिएको छ । त्यस्तै, उक्त चेक ग्रहण गर्दै सचिब रावलले रकम सानो भए पनि यसको महत्व ठूलो रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ जेठ २०७९, ०९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पत्रकार महासंघको निर्वाचनमा धाँधलीको दाबी
देशभरका पत्रकार चुनावमा व्यस्त
पत्रकार महासंघको निर्वाचन असार २२ मा
नेपाल पत्रकार महासङ्घले आज ६९ औँ स्थापना दिवस मनाउँदै
प्रजातन्त्र दिवसमा पत्रकारहरूलाई निषेध गरेको भन्दै क्यामरा डाउन
पत्रकारले मर्यादित तथा उत्तरदायी भएर कलम चलाऔँ : अध्यक्ष बस्नेत