काठमाडौं । नेपाल पत्रकार महासंघले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।
आगामी असार २२ गते मतदान गर्नेगरी महासंघले महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । पूर्व निर्धारित मिति गएको जेठ २६ गते महासंघले निर्वाचन गर्न सकेको थिएन।
महासंघ केन्द्रीय निर्वाचन समितिले शुक्रबार राति निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो । निर्वाचन कार्यतालिकाअनुसार यही असार २२ गते बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म मतदानका लागि समय तय गरिएको छ।
उम्मेदवारको मनोनयन दर्ता असार १३ गते र उम्मेदवारको नामावली प्रकाशन पनि सोही दिन गरिने महासंघले जनाएको छ। उम्मेदवारको अन्तिम नामावली असार १५ गते प्रकाशन गरिनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ असार २०८१, ०७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मकवानपुरका पत्रकारद्वारा कालोपट्टी बाँधेर विरोध
तीनकुनेको आगजनीमा परी एभिन्युज टिभीका पत्रकारको मृत्यु
पत्रकार महासंघको निर्वाचनमा धाँधलीको दाबी
देशभरका पत्रकार चुनावमा व्यस्त