हेटौँडा । मकवानपुरका पत्रकारहरु आइतबार हातमा कालो पट्टी बाँधेर कार्यक्षेत्रमा खटिएका छन् । शुक्रबार राजावादीको प्रदर्शनका क्रममा काठमाडौँको तीनकुनेमा एभिन्युजका पत्रकार सुरेश रजक र विभिन्न सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ मकवानपुरको आह्वानमा पत्रकारहरु कालोपट्टी बाँधेर कार्यक्षेत्रमा खटिएका हुन् ।
मकवानपुरमा पत्रकारहरुले आइतबार बिहानैदेखि आफ्नो कार्यलय र समचार संकलनमा जाने क्रममा हातमा कालो पट्टी बाँधेर शुक्रबार भएको घटनाको विरोध जनाएका छन्। नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, कोषाध्यक्ष प्रदिप अधिकारी, सदस्यहरु सरोज पौडेल, रविन ढृंगाना, गणेश दुलाल, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारी लगायतका पत्रकारहरुले विभिन्न सञ्चारगृहमा पुगेर त्यहाँ कार्यरत पत्रकारहरुसँग एक्येवद्धता पनि जनाएका छन् ।
पत्रकार महासंघ मकवानपुरका अध्यक्ष अधिकारीले समाचार संकलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको बिषयलाई लिएर केन्द्रीय कार्यक्रम अनुसार मकवानपुरमा विरोध जनाइएको बताए ।
उनले भोलि सोमबार बागमती प्रदेशका मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीमार्फत कार्यक्षेत्रमा पत्रकारको सुरक्षाको ग्यारेन्टीको माग गर्दै ध्यानाकर्षणपत्र बुझाउने बताए ।
प्रेस युनियनका अध्यक्ष विडारीले राजनीतिक मुद्दाका आडमा पत्रकार र संचार माध्यममाथिको आक्रमण सह्य नभएको उल्लेख गर्दै पत्रकारहरुका सबै संघ संगठनहरुले राजनीतिक रङमा हुने अवाञ्छित र अराजक गतिविधिको सधै विरोधमा गर्ने बताए ।
उनने पत्रकार हत्याको विरोध गर्दै दोषीलाई कार्बाहीको माग पनि गरे शुक्रबार भएको राजावादीहरुको आन्दोलनमा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्यु भएको थियो भने विभिन्न सञ्चारमाध्यमहरुमा तोडफोड र आगजनी भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ चैत्र २०८१, ११ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीनकुनेको आगजनीमा परी एभिन्युज टिभीका पत्रकारको मृत्यु
पत्रकार महासंघको निर्वाचनमा धाँधलीको दाबी
देशभरका पत्रकार चुनावमा व्यस्त
पत्रकार महासंघको निर्वाचन असार २२ मा