काठमाडौ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका लागि भएको निर्वाचनको मतगणनामा धाँधली भएको दाबी गरिएको छ । यो विवादमा उम्मेदवारहरुले पुनः मतगणनाको माग गरेका छन् ।
पत्रकार महासंघ अछाम शाखाको मतगणनामा धाँधली भएको भन्दै प्रदेश समितिको अध्यक्ष, खुला उपाध्यक्ष, समावेशी उपाध्यक्ष, महासचिव, सचिव कोषाध्यक्ष र केन्द्रीय समिति सदस्यका उम्मेदवारहरुले संयुक्त वक्तव्य जारी गरेर पुनः मतगणनाको माग गरेका हुन् ।
मतगणना स्थलमा आफ्ना प्रतिनिधिहरुलाई सहभागी नगराएको र मतगणनामा धाँधली भएको भन्दै फेरि सुरुबाटै मतनगणना गरिनुपर्ने उनीहरुले माग गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० मंसिर २०८१, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभरका पत्रकार चुनावमा व्यस्त
पत्रकार महासंघको निर्वाचन असार २२ मा
नेपाल पत्रकार महासङ्घले आज ६९ औँ स्थापना दिवस मनाउँदै