वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार मेयर पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले १ हजार ३६३ मतसहित अग्रता लिएका छन् ।
उनका निकटतम प्रतिष्पर्धामा नेकपा (एमाले)का विजयकुमार सरावगीले ६५९ मत प्राप्त गर्दै पछ्याई रहेका छन् । हाल वडा नं १, २, ३१ र ३२को मतगणना जारी छ । हालसम्म कूल तीन हजार ६७ मत मतगणना भएको छ । मतणना गर्न लामो समय लाग्ने भएका कारणले अन्तिम नतिजा आउन समय लाग्ने बताइएको छ ।
मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकासहित अन्य तीन नगरपालिका र १० गाउँपालिका छन् । जिल्लाका अन्य पालिकामा पनि मतगणना जारी छ । जिल्लाको १४ वटै पालिकामा कूल तीन हजार २९७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जिल्लामा तीन लाख ३९ हजार ८३६ मतदाता छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ जेठ २०७९, १० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगञ्जमा रात्रि बजार सञ्चालन गर्दै महानगर
७० लाखको कपडासहित ट्रक प्रहरीको नियन्त्रणमा