बारा । बाराका स्थानीय तहरूमा मतगणना सुरु भएको छ । १६ स्थानीय तहमध्ये पचरौता नगरपालिकाबाहेकका पलिकामा मतगणना सुरु भएको हो ।करैयामाई गाउँपालिका, कोल्हवी नगरपालिका, जितपुरसिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका, बारागढी गाउँपालिका, परवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिका, फेटा गाँउपालिका र विश्रामपुर गाउँपालिकामा मतगणना सुरु भएको हो ।
यस्तै, जितपुरसिमरा उपमहानगरपालिकामा वडा नम्बर २४ बाट २५ सय मतगणना भएको छ । अहिलेसम्मको मतपरिणाम अनुसार गठवन्धनको अग्रता देखिएको छ ।जितपुरसिमरा उपमहानगरपालिका वडा नं. २४ को जारी मतगणनाअनुसार नगरको प्रमुख पदमा गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टीबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।हालसम्मको मतगणनाअनुसार प्रमुख पदमा लोसपाभन्दा गठबन्धन एक मतले अगाडि छ । गठबन्धनका प्रमुख उम्मेदवार राजन पौडेलले ५६९ प्राप्त गर्दा लोसपाका संजय साहले ५६८ मत प्राप्त गरेका छन् । उक्त वडामा करिब तीन सय मत गणना हुन बाँकी छ ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार उपप्रमुख पदमा गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार मेघा शाही अगाडि देखिएकी छिन् । उपप्रमुख पदमा लोसपाकी बिपी मोक्तानले ६६ मत प्राप्त गरेकी छिन् ।
वडाध्यक्ष पदमा कांग्रेसका उम्मेदवार सुलतान अंसारीले ६०५ मत प्राप्त गर्दा लोसपाका कलामुद्धिन मिया अंसारीले पाँच सय ६६ मत प्राप्त गरेका छन् । अघिल्लो स्थानीय तह निर्वाचनमा जित हात पारेको एमालेले भने उक्त वडामा २७७ मत मात्र प्राप्त गरेको छ ।
एमालेले उक्त वडाबाट प्रमुख र उपप्रमुख पदका लागि समान २७५/२७५ मत प्राप्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ बैशाख २०७९, १५ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बारामा बरामद शव प्रहरी भान्सेको भएको खुलासा
बाराको उनासी पुलमा बस पल्टियो, ४३ यात्रु घाईते
बाराको पसाहा पुल नजिकै बस दुर्घटना, १३ जना घाइते
बारामा क्याम्पस प्रमुखको हत्या
बारा र पर्साका सीमा नाका आजदेखि ४८ घण्टासम्म बन्द
निजगढ वर्कसपमा विस्फोट : मृत्यु हुनेको संख्या ३ पुग्यो