बारामा क्याम्पस प्रमुखको हत्या

सफल खबर संवाददाता

शुक्रबार, ३२ जेठ २०८१, २० : ०७
बारामा क्याम्पस प्रमुखको हत्या

बारा । बारामा एक क्याम्पस प्रमुखको हत्या भएको छ । आदर्श कोतवाल नगरपालिका –३ मा अज्ञात समूहले गोली प्रहार गरी रामराजा बहुमुखी क्याम्पस कलैयाका हरि भूषण कुशवाहाको हत्या भएको हो ।

शुक्रबार गोली लागेर घाइते भएका कुशवाहाको बयोधा अस्पताल वीरगन्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले घटनाको अनुसन्धान भइरहेको भन्दै थप बताएनन् ।