बाराको पसाहा पुल नजिकै बस दुर्घटना, १३ जना घाइते

सफल खबर संवाददाता

विहीबार, २७ असार २०८१, १४ : १७
बाराको पसाहा पुल नजिकै बस दुर्घटना, १३ जना घाइते

बारा। बाराको  जीतपुर सिमरा उपमहानगरपालिका– १६ स्थित पसाहा पुल नजिकै यात्रुवाहक बस दुर्घटना भएको छ ।बिहीबार भएको दुर्घटनामा १३ जना घाइते भएका छन्।​

मलंगवाबाट वीरगन्ज जाँदै गरेको ना ४ ख ७१९४ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना भएको हो । बसमा ३१ जना सवार थिए ।घाइते १३ जनाको सशस्त्र प्रहरी बलको रिजर्भ गण बाराबाट खटिएको सुरक्षा फौज उद्धार गरेको छ ।

दुर्घटनामा दुई जना गम्भीर घाइते भएको जानकारी सशस्त्र प्रहरी बल मुख्यालयका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले दिए ।गम्भीर घाइते दुई जनालाई सशस्त्रकै गाडीमा राखेर सिमरा अस्पताल पुर्‍याइएको थियो ।

प्रतिक्रिया दिनुहोस