चितवन । भरतपुर महानगरपालिकाका मतदाताहरुले यसपटक गठबन्धनका उम्मेदवारलाई जिताउने बताएका छन् । लोकतन्त्र र गणतन्त्रसगैँ संविधानको रक्षाका लागि गठबन्धन भएकोले यसपटक गठबन्धनलाई जिताउने प्रतिबद्धता ब्यक्त गरेका हुन् ।
गठबन्धन अन्तर्गत माओवादी केन्द्रबाट भरतपुर महानगरको नगर प्रमुख पदका उम्मेदवार रेनु दाहाल र काग्रेसबाट उपप्रमुख पदका उम्मेदवार चित्रसेनले भरतपुर महानगर नगरपालिका वडा नम्बर ९, २७, २८ मा घरदैलो गर्ने क्रममा मतदाताले प्रतिवद्धता जनाएका हुन् । गफ भन्दा पनि कामबाटै नतिजा दिने गठबन्धनको यो पटकको प्रतिबद्धता आफुलाई चित्त बुझेकोले पनि भरतपुरमा गठबन्धनको विकल्प नभएको उनीहरुको ठहर छ । उनीहरुले गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले बाटोघाटो शिक्षा, स्वास्थ्य र जनताको आधारभुत आवश्यकतालाई पुरा गर्दै गौरवका आयोजना समेत ल्याउन सफल देखिएकोले फेरि पनि रेनु दाहालललाई जिताउनुको विकल्प नभएको बताएका छन् ।
सो क्रममा नगर प्रमुखका उम्मेदवार रेनु दाहालले विगतमा भरतपुरका जनताले विकासको रेखा कोरेको देखेकोले अब नमुना भरतपुर बनाउन अत्याधिक मतका वियी गराउन अपिल गरिन् । उनले भरतपुरलाई दक्षिण एसियाली मापदण्डको सहर बनाउने प्रतिबद्धतासमेत व्यक्त गरिकी छिन् । मुलुकमा खासखास समस्या आउँदा समस्याको समाधान गर्न नेपाली कांग्रेससहितको अहिलेको पाँच दल गठबन्धनमा आएको भन्दै प्राप्त उपलब्धीको रक्षाका लागि पुनः सबै एक ठाउँ आउनुपरेको उनले बताइन् ।
गठबन्धनका उपप्रमुखका उम्मेदवार चित्रसेन अधिकारीले भरतपुरमा धेरै कामको शुभारम्भ भएको र त्यसको पूर्णताका लागि गठबन्धनको जित आवश्यक रहेको बताए । अधिकारीले सुरक्षित भरतपुर शहर बनाउने प्रतिवद्धता ब्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ बैशाख २०७९, १७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरको पहाड क्षेत्रमा रहेका शिक्षकलाई आवासीय भत्ता
भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु
भरतपुर महानगरको ६ लेन सडक निर्माण अन्तिम चरणमा (तस्बिरहरू)
भरतपुर महानगरपालिमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न
हरियाली प्रवर्द्धनका लागि बिरुवा उत्पादन गर्दै भरतपुर महानगरपालिका
तीन महिनादेखि विषादी परीक्षण बन्द