चितवन । भरतपुर महानगरपालिकाको सहरी सौन्दर्यसँग जोडिएको पूर्वपश्चिम महेन्द्र राजमार्गको नारायणगढ पुलचोकदेखि टिकौली जंगल छेउको गोन्द्राङसम्म ६ किलोमिटर सडकलाई ६ लेन बनाउने काम अन्तिम चरणमा पुगेको छ।
२०७७ भदौमा शुरु भएको सडक विस्तारको काम बजेट पर्याप्त नहुँदा ३० प्रतिशत काम बाँकी रहेका कारण बाँकी काम सक्नका लागि काम भाई रहेको भरतपुर डिभिजन सडक कार्यालय बताएको छ ।
शुरुको सम्झौताअनुसार ०७९ फागुन १० मा काम सकिनुपर्ने थियो। तर आधा जति काम मात्रै पूरा भएका कारण म्याद थपेर गत मंसिर २३ सम्म सक्ने लक्ष्य दिइएको थियो । थप म्यादमा पनि काम पूरा नभएपछि फेरि म्याद थपिएको छ ।
मुख्य बजार क्षेत्र भएर जाने सडक विस्तारढिला हुँदा सर्वसाधारणले सास्ती पाएका छन्।
(तस्बिर : नेपाल फोटो लाइब्रेरी )
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ मंसिर २०८१, ११ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरमा जापानको योकोसुका सिटीका प्रमुखसहितको टोली
कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगर उत्कृष्ट
भरतपुरको पहाड क्षेत्रमा रहेका शिक्षकलाई आवासीय भत्ता
भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु
भरतपुर महानगरपालिमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न
हरियाली प्रवर्द्धनका लागि बिरुवा उत्पादन गर्दै भरतपुर महानगरपालिका