चितवन । भरतपुरमा सत्ता गठबन्धनका उम्मेदवार रेनु दाहालविरुद्ध बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भेटेका छन् ।
कांग्रेसको निर्णयविपरीत बागी उम्मेदवार बनेका उनलाई फकाउने प्रयास जारी छ। सत्ता गठबन्धनका दलबीच तालमेलको सहमतिअनुसार भरतपुर महानगरमा माओवादी केन्द्रबाट रेनु दाहाललाई प्रमुख पदको उम्मेदवार बनाइएको छ। तर जगन्नाथ पौडेले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले गरेको अनुरोधसमेत नमानी बागी उम्मेदवार बनेका हुन्।
आज भरतपुरमा सत्ता गठबन्धनले चुनावी सभा गर्दै छ। त्यस सभालाई सम्बोधन गर्न सभापति देउवासँगै वरिष्ठ नेता पौडेल पनि त्यहाँ पुगेका हुन्। त्यस क्रममा बागी जगन्नाथलाई भेटेर उम्मेदवारी फिर्ता गराउने प्रयास पौडेलले गरेका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ बैशाख २०७९, १० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चार देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदापत्रको प्रमाणपत्र पेस
राष्ट्रपतिबाट संसदको हिउँदे अधिवेशन आव्हान
चारवटा अध्यादेश राजपत्रमा प्रकाशित
अध्यादेश जारी हुनासाथ संसद् बैठक बोलाउने तयारीमा सरकार
राष्ट्रपति पौडेलद्वारा चारवटा अध्यादेश जारी
राष्ट्रपतिले सिंहदरबारभित्र बनिरहेको संसद भवन अवलोकन गर्दै