काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावका बेला पार्टीका सबै कार्यकर्ताले पार्टीको निर्णय मान्नुको विकल्प नभएको बताएका छन् । कतिपय नेता कार्यकर्ता अन्यायमा परेको भन्दै थापाले तर अहिले पार्टीको निर्णय मान्नुको विकल्प नभएको बताएका हुन् ।
‘पार्टी एउटा निर्णय गरेर चुनावमा होमिन्छ, चुनावअघि मतभेद हुन्छ, चुनावपछि पनि मतभेद हुन्छ तर चुनावका बेला पार्टीको निर्णय मान्नुपर्छ’ बुधबार पार्टीको सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा उनले भने ।
उनले स्वतन्त्र उम्मेदवारी दिएकाहरुलाई फिर्ता लिन पनि आग्रह गरे । ‘स्वतन्त्र उम्मेदवारी दिने साथीहरुलाई म विनित भएर अनुरोध गर्न चाहन्छु, हामीसँग दुई दिन समय छ, तपाईहरुको अन्यायको हिसाब किताब हुन्छ, त्यो अन्यायको क्षतिपूर्ति हुने गरी निर्णय गर्ने ठाउँसम्म पुर्याउँछु’ महामन्त्री थापाले भने ।
उनले पार्टीमा लामो योगदान गरेका नेता कार्यकर्ताले पार्टीको निर्णय उल्लंघन गरेपछि फेरि फर्किने ठाउँ नहुने बताए । ‘पार्टीको निर्णय उल्लंघन गर्नेहरु फर्केर आउने ठाउँ हुँदैन, त्यसपछि पार्टीको यात्रा अघि बढाउने कुरा गह्रो हुन्छ’ उनले भने, ‘अघिल्लो पटक बागी उम्मेदवारी दिएकाहरुलाई हामीले टिकट दिन सकेनौं, किनभने उहाँहरुको अहिलेसम्म कारबाही फकुुवा भएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ बैशाख २०७९, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१५औं महाधिवेशन पछि जाँदैन, ८४ को चुनावअघि गर्नैपर्छ : गगन थापा
अहिलेका प्रधानमन्त्रीभन्दा राम्रो काम गर्न सक्छु : गगन थापा
सरकारले अध्यादेश ल्याएर कानुन सुधार गर्न खोजेकोप्रति निजी क्षेत्र उत्साहित छ : गगन थापा
गगन थापाको दाबीः सत्ता गठबन्धन तीन वर्ष चल्छ
गगन थापाको दाबी : सत्ता समीकरण तीन वर्षसम्म चल्छ
सबैलाई मिलाएर संविधान संशोधन हुन्छ : गगन थापा