फिलिपिन्समा उष्णकटिबंधीय आँधीका कारण मृत्यु हुनेको संख्या २२४ पुग्यो

एजेन्सी

विहीबार, ०८ बैशाख २०७९, १२ : ४२
फिलिपिन्समा उष्णकटिबंधीय आँधीका कारण मृत्यु हुनेको संख्या २२४ पुग्यो

मनिला [फिलिपिन्स] । फिलिपिन्समा उष्णकटिबंधीय आँधी अगाटोनका कारण मृत्यु हुनेको संख्या २२४ पुगेको राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी) ले बिहीबार जनाएको छ।

प्राकृतिक प्रकोपबाट प्रभावित हुनेको संख्या २ करोड ८० लाख नाघेको छ । उष्णकटिबंधीय आँधीमा १७५, ००० भन्दा बढीले आफ्नो घर छोडेका छन्। अझै पनि ७५ बस्ती विद्युतविहीन छन् ।

अप्रिल ९-१२ मा फिलिपिन्समा आएको उष्णकटिबंधीय आँधीले बाढी र झण्डै ९० वटा पहिरो निम्त्याएको छ। -एएनआई/स्पुतनिक

प्रतिक्रिया दिनुहोस