काठमाडौँ । उत्तरी फिलिपिन्समा बिहीबार यात्रुवाहक बससँग पिक–अप ट्रक ठक्कर हुँदा घर फर्कने क्रममा ट्रकमा सवार एकै परिवारका ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।कागायन प्रान्तको अबुलुग नगरपालिकाको चौराहामा यो दुर्घटना भएको हो । प्रमुख राजमार्गको छेउमा १४ जना सवार टोयोटा हिलक्स बससँग ठोक्किएको प्रहरीले जनाएको छ ।
पिकअपमा सवार रहेका मध्ये तीन जना मात्रै जीवित हुनुहुन्छ”, प्रहरी मेजर एन्टोनियो पालाटाओले भने । यात्रुबाहक बसका चालक र सहचालकलाई गम्भीर र अन्य २३ जनालाई सामान्य चोट लागेको उनले बताए ।
“टोयोटा हिलक्सका चालक त्यस क्षेत्रसँग ज्ञात नभएकाले राजमार्ग पुगिसकेको थाहा पाउनुभएन । राजमार्गमा स्वाभाविक रूपमा गति नियन्त्रण गर्नुपर्ने हुन्छ”, प्रहरी क्याप्टेन जुन–जुन तोरियोले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ असार २०८१, १२ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फिलिपिन्समा बाढी र पहिरोमा मर्ने अनि बेपत्ता हुनेको संख्या कम्तिमा १३०
फिलिपिन्समा ताइफु आँधीका कारण २२ को मृत्यु
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
फिलिपिन्समा पहिरोः ५ जनाको मृत्यु, ४५ को सकुशल उद्धार
फिलिपिन्समा बस भीरबाट खस्दा २९ जनाको मृत्यु