रौतहट । रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । देवाहीगोनाही नगरपालिका ४ ईमलियाटोल र पटेलचौकबीच सडकमा दुईवटा मोटरसाइकल एकआपसमा जुध्दा एक युवकको मृत्यु भएको हो ।
बिआर ०५ एच १६८६ नम्बरको मोटरसाइकल र बिआर ३९एफ ५००३ नम्बरको मोटरसाइकल गएराति १० बजे दुर्घटनामा पर्दा बारा आदर्शकोतवाल गाउँपालिका(४ का २२ वर्षीय कमोद यादवको ज्यान गएको इलाका प्रहरी कार्यालय देवाहिगोनाहिका प्रहरी निरीक्षक राजन लम्सालले बताए ।
दुर्घटनामा गम्भीर घाइते भई अचेत भएका यादवलाई उपचारका लागि अस्पताल लगिएको थियो । तर, चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक लम्सालले बताए ।
दुर्घटनामा भारतको बिहारका विकास यादव घाइते भएका छन् । सामान्य घाइते भएका यादवलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ थालेको छ । यादव मोटरसाइकलमा सवार थिए । उनी सवार मोटरसाइकलका चालक फरार छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ बैशाख २०७९, ०८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिराहामा एक सय ४६ मोटरसाइकल प्रहरीकाे नियन्त्रणमा
कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु
सिन्धुलीमा कार र मोटरसाइकल ठोक्किँदा एकजना गम्भीर घाइते
रक्षामन्त्री चढेको गाडीले माइतीघरमा मोटरसाइकललाई ठक्कर दियो
मोटरसाइकलको ठक्करबाट अछाममा एक जनाको मृत्यु
प्युठानमा मोटरसाइकलको ठक्करबाट तीन महिने शिशुको मृत्यु