डोटीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, १० बैशाख २०८२, ०८ : १८
डोटीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

डोटी । डोटीको भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका– १ गोल्डेनमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख विनोद शर्माका अनुसार धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको  खाद्यान्न बोकेको मिनिट्रक आज बिहान दुर्घटना भएको हो । 

दुर्घटनामा चालक अर्जुन धामीसहित तीन जनाको मृत्यु भएको हो । मृतक दुई जनाको सनाखत हुन बाँकी छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।