सुनचाँदीको मूल्य घट्यो, तोलाको आज कति ?

सफल खबर संवाददाता

बुधबार, ०२ चैत्र २०७८, ११ : ०४
सुनचाँदीको मूल्य घट्यो, तोलाको आज कति ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ५ सय रुपैयाँ कायम भएको छापावाल सुनको भाउ बुधबार एक हजार २ सय रुपैयाँले घटेर ९९ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

तेजावी सुनको भाउ तोलाको ९८ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ । यसैगरी चाँदीको मूल्य पनि आज तोलामा १० रुपैयाँको दरले घटेको छ  । मंगलबार एक हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार ३७० रुपैयाँमा निर्धारण भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस