नेत्रविक्रम चन्द विप्लव र जनार्दन शर्माबीच भेटवार्ता

सफल खबर संवाददाता

मंगलबार, २९ असोज २०८१, १३ : ३०
नेत्रविक्रम चन्द विप्लव र जनार्दन शर्माबीच भेटवार्ता

बुटवल । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माबीच भेटवार्ता भएको छ। कपिलवस्तुको शिवराज नगरपालिका ९ शिवगढीस्थित महासचिव विप्लवको निवास भोकरमा आज भेटघाट भएको हो ।

दुई नेताबीच देशको समसामयिक राजनीतिक अवस्था, माओवादी केन्द्र र नेकपा सहभागी समाजवादी मोर्चा, पुर्व माओवादी घटकहरुका विषयमा कुराकानी भएको विप्लवको सचिवालयका सदस्य एवं नेकपा कपिलवस्तु सेक्रेटरी विनोद सीले जानकारी दिए।

विप्लव र जनार्ददनबीचको भेटवार्तामा दुई पार्टीबीचको सम्भावित एकताका विषयमा पनि छलफल भएको सेक्रेटरी विनोदले जानकारी दिए । दुई नेताबीचको छलफलमा अधिकांश विषयमा समान धारणा रहेको र छलफल सकारात्मक भएको उनले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस