काठमाडौं । मुलुकबाट प्रत्येक दिन २० किलो सुन खरिदमा १२ लाख ६० हजार अमेरिकी डलर बाहिरिने गरेको छ।
यो प्रतिअमेरीकी डलर १२२.२ को दरले १ खर्ब ५३ अर्व ९२ करोड १६ लाख रुपैयाँ हो। बैंकले प्रतितोला सुनमा ६३ हजार अमेरिकी डलर खर्चिँदै आएको छ।
एकातिर दैनिक आयातीत वस्तुमध्ये सबैभन्दा बढी हिस्सा सुनले ओगट्छ । अर्कोतर्फ यो महँगो वस्तुभित्र पर्छ। अहिले प्रति तोला छापावाला सुनको मुल्य प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँ र तेजावी सुनको प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँ छ।
यसरी सुन आयातका कारण ठूलो भोलममा डलर खर्च हुँदै आएको छ। मुलुकमा विदेशी मुद्राको सञ्चितिमा चाप परेपछि नेपाल राष्ट्र बैंकले सुन आयातको सीमा घटाएको छ।
अब सुन आयात गर्न अधिकार पाएका वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकले दैनिक १० केजी सुन मात्रै आयात गर्न पाउँछन् । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २३ फागुन २०७८, ०७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मंगलबार सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्यमा भारी वृद्धि, बन्यो नयाँ रेकर्ड
सुनको मूल्य सामान्य घट्यो, चाँदीको स्थिर
तोलामा १९०० रुपैयाँ घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य घट्यो, कति पुग्यो तोलाको ?
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?