काठमाडौं । त्रिभुवन विश्वविद्यालयका तीन पदाधिकारी कार्यालय र सेवा आयोगमा झन्डै डेढ महिनादेखि लागेको ताला अझै खुल्न सकेको छैन ।
त्रिवि पदाधिकारीहरूले त्रिविका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको असहयोगका कारण ताला खुल्न नसकेको आरोप लगाएका छन् ।
त्रिविका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रजिस्टार प्राडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले प्रधानमन्त्री एवं कुलपति देउवा र शिक्षामन्त्री एवं सहकुलपति पौडेलसमक्ष तालाबन्दी खोल्नका लागि पहल गर्न अनुनय विनय गर्दा समेत बेवास्ता गरेको आरोप लगाएका हुन् ।
तीन पदाधिकारीले प्रम कार्यालय र मन्त्रालयमै गएर कुलपति र सहकुलपतिलाई तालाबन्दी खोल्नका लागि पहल गरिदिन आग्रह गरेका थिए । नेपाल समाचारपत्रमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १६ फागुन २०७८, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत
त्रिविले २०५८ सालदेखिका परीक्षार्थीका लागि खुलायो मौका परीक्षा फारम
माघ ११ सम्म थपियो त्रिविमा स्नातक तहको भर्ना समय
त्रिविद्वारा २४ वटा क्याम्पसमा प्रमुख नियुक्त, को कहाँ ?
अब दीक्षान्तको शैली बदल्दै त्रिवि
त्रिविमा ८ डीन नियुक्त