काठमाडौं । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले कतार विश्वकप-२०२२ को दक्षिण अमेरिकी छनोटअन्तर्गत ब्राजिल र अर्जेन्टिनाबीच स्थगित खेल पुनः खेलाइने भएको छ ।
सेप्टेम्बरमा ब्राजिलको घरेलु मैदान सान पाओलोमा खेल चलिरहँदा कोभिड-१९ संक्रमणको मापदण्ड उल्लंघन गरिएको भन्दै ब्राजिलका स्वास्थ्य अधिकारीहरू मैदान प्रवेश गरेपछि खेल स्थगित भएको थियो ।
इंग्लिस प्रिमियर लिग खेलिरहेका तीन अर्जेन्टिनी खेलाडी सो खेलका लागि ब्राजिल पुगे पनि क्वारेन्टिन अवधि पूरा नगरेका ब्राजिलका स्वास्थ्य अधिकारीहरूको दाबी थियो ।इमिलियानो मार्टिनेज, क्रिस्टियन रोमेरो र जियोभानी लो सेल्सोसहित इमी ब्युन्डाईले बेलायतबाट ब्राजिल प्रवेश गर्ने क्रममा अध्यागामनमा झुटो कागजात बुझाएको आरोप छ ।
फिफाले यस विषयको छानबिनका लागि कमिटी गठन गरेको थियो । सो कमिटीले पाँच महिनापछि प्रतिवेदन बुझाएको हो ।फिफाले मार्टिनेज, रोमेरो, लो सेल्सो र ब्युन्डाईमाथि दुई खेलको प्रतिबन्ध लगाएको छ । फिफाले सान पाउलोमा नै सो खेल पुनः खेलाइने जनाए पनि मिति भने तय गरेको छैन ।
ब्राजिल र अर्जेन्टिनाले यसअघि नै कतार विश्वकपमा स्थान सुरक्षित गरिसकेका छन् । दुवै टोलीले योसहित अब छनोटका समान चार खेल खेल्न बाँकी छ ।ब्राजिल ३९ अंकसहित शीर्ष स्थानमा छ भने अर्जेन्टिना ३५ अंकसहित दोस्रो स्थानमा छ । इक्वेडर, उरुग्वे र पेरु छनोट नजिक छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ फागुन २०७८, १२ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप छनौटमा बराबरीमा रोकियो ब्राजिल
ब्राजिलको सुप्रिम कोर्टबाहिर विस्फोट हुँदा एक जनाको मृत्यु
चिलीमाथि ब्राजिलको कमब्याक जित
रोड्रीगोको गोलमा ब्राजिल विजयी
ब्राजिलमा सामाजिक सञ्जाल एक्समाथि प्रतिबन्ध
दोस्रो खेलमा लयमा देखियो ब्राजिल