ब्राजिलमा सामाजिक सञ्जाल एक्समाथि प्रतिबन्ध

सफल खबर संवाददाता

शनिबार, १५ भदौ २०८१, १२ : ११
ब्राजिलमा सामाजिक सञ्जाल एक्समाथि प्रतिबन्ध

काठमाडौं ।  ब्राजिलले समाजिक सञ्जाल प्लेटफर्म एक्स (ट्विटर) माथि प्रतिबन्ध लगाएको छ । ब्राजिलको सर्वोच्च अदालतको फैसलापछि सरकारले एक्समाथि प्रतिबन्ध लगाएको हो ।

न्यायाधीश एलेक्स्रन्दे दे मोरासले अदालतको आदेश पालना र निर्धारण गरिएको जरिवाना नबुझाउँदासम्मका लागि एक्समाथि तत्काल पूर्ण रुपमा प्रतिबन्ध लगाउन आदेश दिएका थिए ।

ब्राजिलमा एक्समाथि गत अप्रिलबाट नै कडाइ गरिन थालिएको थियो । न्यायाधीशहरूले गलत जानकारी फैलाएको आरोपमा दर्जनौँ एक्स अकाउन्टहरू बन्द गराउन सरकारलाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस