चिलीमाथि ब्राजिलको कमब्याक जित

एजेन्सी

शुक्रबार, २५ असोज २०८१, १० : १०
चिलीमाथि ब्राजिलको कमब्याक जित

एजेन्सी । ब्राजिलले दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत चिलीलाई पराजित गरेको छ ।

शुक्रबार बिहान सम्पन्न खेलमा ब्राजिलले चिलीलाई २-१ गोल अन्तरले पराजित गरेको हो । १-० गोल अन्तरले पछि परेको ब्राजिलले खेलमा कमब्याक गर्दै जित हासिल गरेको थियो ।

ब्राजिलको जितमा लुइज हेनरिक र इगोर जिससले एक एक गोल गरेका थिए ।  त्यस्तै चिलीका लागि एडुआर्ड़ो भार्गासले खेलको दोस्रो मिनेटमा नै गोल गरेका थिए ।

यो जितपछि ब्राजिलको ९ खेलमा १३ अंक भएको छ र अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ । त्यस्तै चिलीको भने ९ खेलमा केवल ५ अंक रहेको छ र लिगमा नवौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस