काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसी पारित हुने अवस्था नरहेको बताएका छन् । एमसीसी बारे अहिले पाँच दलीय गठबन्धनभित्र रहेको असहमतिका विषयमा खनालसँगको छोटो कुराकानी यहाँ प्रस्तुत छ ?
एमसीसीको बारेमा सत्ता गठबन्धनभित्र किन विवाद भइरहेको छ ?
एमसीसीको विषय अहिले पाँच दलीय गठबन्धनभित्र रहेको एउटा असहमतिको विषय हो । यसमा पाँच दलभित्र पनि सहमति छैन । राष्ट्रिय रूपमा पनि सहमति छैन । यस्तो विषयमा राष्ट्रिय सहमति बनाएर मात्र अगाडि बढनुपर्छ । त्यसकारण तत्काल एमसीसी अगाडि बढ्ने अवस्था म देख्दिनँ ।
प्रधानमन्त्रीले शेरबहादुर देउवाले चालु संसद्बाट अगाडि बढाउन चाहनुभएको छ भनिन्छ नि ?
प्रधानमन्त्रीजीले त अलि अघिदेखि नै एमसीसीको विषयमा निर्णय गरौं भनेर भन्दै आउनुभएको छ । त्यो उहाँको व्यक्तिगत विचार होला । तर, पाँच दलीय गठबन्धनको विचार होइन । पाँच दलीय गठबन्धनले छलफल गरेर के गर्ने भन्ने विषयमा एउटा सहमतिको टुंगोमा नपुगीकन यो विषय अगाडि बढने सम्भावना नै छैन ।
एमसीसीको विषयमा सहमति जुटाउन गठन भएको कार्यदलले प्रधानमन्त्रीलाई के सुझाव दियो त ?
कार्यदलको काम सकियो । हामीले अध्ययन गरेर हाम्रो कुरा प्रधानमन्त्रीलाई भनिसक्यौं ।
एमसीसीलाई लिएर गठबन्धन नै संकटमा पर्ने अवस्था सिर्जना भएको हो ?
अनेक विषयमा हाम्रा सहमतिहरू छन् । असहमतिका आधारमा गठबन्धन बनेकै होइन । सहमतिका विषयमा गठबन्धन बनेको हो । त्यसकारण असहमतिको विषय अहिले तत्काल त्यसरी उठाउनु पनि हुँदैन र पाइँदैन पनि । सहमतिका साथ अगाडि बढ्ने भएकाले गठबन्धन दृढतापूर्वक अगाडि बढ्छ ।
एमसीसी पारित नगराउने योजनाले संसद् बैठक स्थगित गरिएको भन्ने विषय के हो ?
संसद्को बैठक स्थगित हुनुको कारण देशमा कोभिड संक्रमण तीव्र रूपमा फैलनु हो । २५ जनाभन्दा बढी भेला हुन नपाउने सरकारको निर्णयअनुसार १० दिन बैठक स्थगित गरिएको हो । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १७ माघ २०७८, ०८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमसीसी सबस्टेसन ठेक्का अन्तिम चरणमा
एमसीसीकाे पहिलाे ठेक्का भारतीय कम्पनीलाई, ३९ महिनाभित्र न्यु-बुटवल सबस्टेसन निर्माण हुने
एमसीसीविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार