आगामी निर्वाचनका विषयमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक बस्दै

सफल खबर संवाददाता

सोमबार, १० माघ २०७८, १५ : ०४
आगामी निर्वाचनका विषयमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषदको नियमित बैठक बस्दै छ । केही समयपछि बस्न लागेको मन्त्रिपरिषद् बैठकमा आगामी निर्वाचनका विषयमा छलफल हुनेछ । 

१२ माघमा हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनदेखि स्थानीय तह र  प्रतिनिधिसभा निर्वाचनका विषयमा छलफल हुने बताइएको छ । 

आगामी निर्वाचनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन व्यवासायीसँग छलफल गरिसकेका छन् । यसबारे बैठकमा प्रधानमन्त्री देउवाले ब्रिफिङ गर्नेछन् । 
 

प्रतिक्रिया दिनुहोस