काठमाडौँ । मन्त्रिपरिषद् बैठक बोलाइएको छ । शुक्रबार अपराह्न ५ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । आजको बैठकमा बाढीपहिरो र डुबान प्रभावितलाई अस्थायी आवास निर्माणबारे निर्णय हुनसक्ने ती मन्त्रीको भनाइ छ ।
‘नियमित बैठक हो । हिजो सार्वजनिक बिदा भएकाले आज बैठक बस्न लागेको हो’, ती मन्त्रीले भने, ‘एजेन्डा खुलाइएको छैन । तर बाढी प्रभावितलाई अस्थायी आवासको प्रबन्धबारे छलफल र निर्णय हुनसक्छ ।
सरकारले बाढीबाट घरबारविहीन भएकाहरूलाई अस्थायी आवासको व्यवस्था गर्ने बताए पनि त्यसबारेको प्रस्ताव मन्त्रिपरिषद्बाट निर्णय भई नसकेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ असोज २०८१, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्सेको सीईओमा नारद लुइँटेल नियुक्त
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त
मन्त्रिपरिषद् बैठक बस्दै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ११ निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय (निर्णयसहित)
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय