काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशनपछि पदाधिकारी चयन हुन नसक्दा पूर्व स्थायी समिति सदस्यको बैठकबाट काम चलाउन थालिएको छ ।
पार्टीका लागि आवश्यक निर्णय गर्नुपर्ने भएपछि पूर्व स्थायी समिति सदस्यको बैठक राखेर काम चलाउन थालिएको हो। माओवादी केन्द्रले शनिबार आयोजना गरेको एउटा बैठकमा पूर्व स्थायी समितिका सदस्यमात्रै सहभागी थिए। पार्टी विधानमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षको व्यवस्था भए पनि पदाधिकारी चयन हुन सकेको छैन। पदाधिकारी चयन नहुँदा स्थायी समिति र पोलिटब्युरो गठन हुन सकेको छैन।
पुस ११ देखि एक साता लगाएर भएको महाधिवेशन केन्द्रीय कमिटी चयनबाहेक पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो चयन नगरी सकिएको थियो। ‘अहिले स्थायी समिति बनेको छैन। पदाधिकारीहरू चयन नहुँदासम्म पूर्व संरचनामा रहेको स्थायी समितिकै बैठकबाट निर्णय हुन थालेको छ’, एक पूर्व स्थायी समिति सदस्यले भने, ‘कसका लागि रोकिएको, किन रोकिएको भन्ने पनि जानकारी छैन।’ नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १० माघ २०७८, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी विराटनगर सम्मेलनमा प्रचण्ड आउने
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा माओवादी केन्द्रका नेताहरु पुगे चीन
माओवादीद्वारा यी ८ बुँदे सर्कुलर जारी
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादीको उपाध्यक्षमा मनोनीत
तराई-मधेश जागरण अभियानमा फेरि होमियो माओवादी
पूर्वराजालाई तत्काल कारबाही गर्न माओवादीको माग