माओवादी नेता पुन आज स्वदेश फर्कदैं

सफल खबर संवाददाता

सोमबार, १० माघ २०७८, ०७ : ४८
माओवादी नेता पुन आज स्वदेश फर्कदैं

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन सोमबार स्वदेश फर्किँदै छन् । सुरुमा थाइल्याण्ड र त्यसपछि चीनमा लामो उपचारपछि उनी स्वदेश फर्किन लागेका हुन् । 

सोमवार साँझ उनी हिमालयन एयरलाइन्सबाट काठमाडौं आउने तय भएको स्वकीय सचिव सन्तोष पुनले बताए । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य बनेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस