काठमाडौँ। नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले वर्तमान केपी ओली नेतृत्वको सरकार बिचौलिया व्यापारीले निर्माण गरेको भन्ने आफूहरूको आरोप पुष्टि भएको बताएका छन् ।
पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी रुपन्देहीको २३औँ जिल्ला सम्मेलनको मंगलबार उद्घाटन गर्दै पुनले आफूहरूले भन्दै आएको विषय काँग्रेस सभापति शेरबहादुर देउवाले स्वीकार गरेको बताए ।
‘हाम्रा अध्यक्ष ‘प्रचण्ड’ले संसदको रोस्ट्रमबाटै बिचौलिया र भ्रष्टाचारी समात्न थालेपछि उनीहरूले हामीलाई सरकारबाट निकाले, काँग्रेस–एमालेलाई मिलाइदिए भन्नुभएको थियो’ पुनले भने, ‘पूर्वप्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले एक व्यापारीको नाम लिएर भनेको सुनियो, उहाँलाई केपी ओलीजीको मात्र मान्छे भन्छन् । उहाँ हामी दुवैको साझा मान्छे हो । उहाँको वर्तमान सरकार बनाउन निकै ठूलो भूमिका छ भनेर स्वीकार गर्नुभयो ।’
आफूहरूले सुरुदेखि नै भन्दै आएको उक्त विषयबारे सत्ताबाट हट्नुपर्दाको पीडास्वरुप माओवादीले पूर्वाग्रहपूर्ण टिप्पणी गर्नेहरूले समेत सरकार बिचौलियाले नै बनाएका रहेछन् भन्न थालेको उनको भनाइ थियो ।
ओली सरकारलाई जनताले कालाकाले मिलेर खाऔंवालाहरुको सरकार भनिरहेका बेला देउवाले बिचौलिया र भ्रष्टाचारीहरू मिलेर माओवादीलाई बाहिर निकालेर आफूअनुकुल काँग्रेस–एमाले सरकार बनाएको स्वीकार गरेको टिप्पणी गरे । उनले अहिलेको सरकारले जनताको विकास र सुशासनको अपेक्षा सम्बोधन नगर्ने भन्दै सरकार निर्माणमा संलग्न बिचौलिया वर्गको सेवा गर्ने आरोप लगाए ।
पुनले गणतन्त्र, संघीयता, समानुपातिक समावेशिता र धर्मनिरपेक्षताको एजेण्डामा काँग्रेस-एमालेलाई माओवादीले सहमत गराएर सहकार्य गरेको भए पनि सुशासनको एजेण्डामा कुरा नमिलेको पुनले बताए । पुनले ‘प्रचण्ड’को नेतृत्वमा भएको १० वर्षे सशस्त्र जनयुद्दकै कारण अहिलेका राजनीतिक उपलब्धी हासिल भएकाले त्यसलाई अनमुल्यन र अपमान गर्ने कार्य कदापी स्वीकार्य नरहेको टिप्पणी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ भदौ २०८१, १८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मजस्ता मन्त्री भएकाका छोराछोरीका आरक्षण कोटा बन्द गर्नुपर्छ: वर्षमान
संसदमा छलफल गरिरहेको विधेयक सरकारले अध्यादेशबाट ल्यायो : वर्षमान पुन
हठ गर्ने पार्टी र नेताहरु सकिन्छन् : वर्षमान पुन
कांग्रेसका नेताहरुले माओवादीसँग ओली सरकार फेर्न प्रस्ताव ल्याएका छन्: वर्षमान पुन
कांग्रेस-एमाले र हाम्रो बाटो फरक भयो : उपमहासचिव पुन
जनताको लगानी डुबाउन खोज्नेलाई जनताले छुट दिँदैनन् : वर्षमान पुन