एजेन्सी । हिमाली क्षेत्रमा पाइने लालीगुराँस फुल कोभिड नियन्त्रणमा प्रभावकारी हुने भारतीय अनुसन्धानकर्ताहरुले दाबी गरेका छन् । इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) का अनुसन्धानकर्ताहरुले लालीगुराँसमा पाइने तत्व कोभिड नियन्त्रणमा प्रभावकारी हुने बताएका हुन् ।
कोभिड १९ संक्रमित भेरो इच कोषिका (अफ्रिकी बाँदरको किड्नीको कोष) मा गरिएको परीक्षणपछि वैज्ञानिकहरुको सो निस्कर्ष आएको हो ।
बायोएक्स सेन्टर स्कुल अफ बेसिक साइन्सका सहप्राध्यापक डा. श्याम कुमार मसाकपालीको समूहले लालीगुराँससहित अन्य हिमाली बनस्पति, दुर्लभ र अन्य औषधियुक्त जडिबुटीको बारेमा सन् २०१९ देखि अध्ययन गरिरहेको छ । कोभिड संक्रमण फैलिएसँगै भारतीय अनुसन्धानकर्ताहरुले जडिबुटीबारे थप अध्ययन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०६ माघ २०७८, १२ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागलुङको माथिल्लो क्षेत्रमा लालीगुराँससँग रमाउने बढे
ढकमक्क लालीगुराँस
फुल्यो लालीगुराँस
माघमै ढकमक्क फुल्यो लालीगुराँस