एजेन्सी । अमेरिकाको चार पाङ्ग्रे विद्युतीय सवारी कम्पनी टेस्लाका मालिक एलन मस्कले ११ अर्ब डलर कर तिर्ने घोषणा गरेका छन् । कर नतिरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेका बेला टेस्लाका प्रमुख कार्यकारी मस्कले आफूले यो वर्ष ११ अर्ब डलर कर तिर्ने बताएका हुन् ।
टाइम म्यागेजिनले मस्कलाई वर्ष व्यक्ति घोषित गरेको केही समयपछि वारेनको भनाई आएको थियो । उनलाई वर्ष व्यक्ति घोषित गरेको भन्दै विभिन्न व्यक्तिले टाइम म्यागेजिनको आलोचना गरेका थिए ।
यसअघि अमेरिकी माथिल्लो सदन सिनेटमा डेमोक्रयाटिक पार्टीकी सांसद एलिजावेथ वारेनले ट्विटरमा मस्कले कर तिर्नुपर्ने धारणा राखेकी थिइन् । कर नतिरेको र कोभिडलाई हल्का रूपमा लिएको भन्दै अरबपति मस्कले यो वर्षभर नै आलोचना खेपेका छन् ।
म्यागेजिनको छनौट अहिलेसम्मकै खराब भएको भन्दै पत्रिकाकोसमेत आलोचना भएको छ । ‘टाइम म्यागेजिनको छनौट वास्तवमै अहिले सम्मकै खराब हो ,’ लेखक कुर्ट इचिनवाल्डले भने ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०६ पुस २०७८, १० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एलन मस्कले आफ्नै कम्पनी एक्सएआईलाई ३३ अर्ब डलरमा बेचे एक्स
एक्सले काम नगरेपछि यसो भन्छन् मस्क
म ट्रम्पको प्राविधिक सहयोगी मात्रै हुँ : मस्क
मैले जर्बजस्ती सरकार कब्जा गरेको छैन : मस्क
यूएसएडविरुद्ध खनिए एलन मस्क- आपराधिक संस्था भन्दै मर्ने समय आएको दाबी
एक्समा एलन मस्कले फेरे आफ्नो नाम