वासिङ्टन डीसी । अमेरिकी खर्बपति व्यापारी टेस्लाका सिइओ अनि सरकारको दक्षता विभाग (डज) का प्रमुख एलन मस्कले आफूलाई राष्ट्रपति ट्रम्पको प्राविधिक सहयोगीको रूपमा वर्णन गरेका छन् ।
कर्मचारीतन्त्रका कारण ट्रम्पका कार्यकारी आदेशहरू कार्यान्वयन हुन नसकिरहेको भन्दै मस्कले अमेरिकी कर्मचारीतन्त्र माथि गम्भीर आरोप लगाए । कर्मचारीतन्त्रले जनताको इच्छा विपरीत काम गरेको आरोप उनको थियो ।
ट्रम्पको तारिफमा यस्तो भन्छन् मस्क
‘मलाई राष्ट्रपति राम्रो लाग्छन् । राष्ट्रपति ट्रम्प एक असल मानिस हुन् । उनलाई मिडियाले गलत तरिकाले निशाना बनाएको थियो । म राष्ट्रपतिसँग धेरै समय बिताउँछु र मैले एक पटक पनि उनले कुनै गलत वा निर्दयी काम गरेको देखेको छैन । एक प्रमुख अमेरिकी मिडिया च्यानलमा सँगै अन्तरवार्ता दिइरहँदा ट्रम्पको प्रशंसा गर्दै मस्कले भने ।
आफू ट्रम्पलाई प्राविधिक सहयोग प्रदान गर्न मात्रै आएको पनि उनले बताए । ‘म प्रविधिको जानकार व्यक्ति हुँ र अनि मैले कोसिस गरिरहेको छु कि प्रविधिमार्फत यो संसार बनाउन सकियोस् । म राष्ट्रपतिलाई प्रविधिको मामिलामा सहयोग गर्दैछु । यो एकदमै महत्त्वपूर्ण कुरा हो । राष्ट्रपतिले देशका लागि राम्रो हुने धेरै कार्यकारी आदेशहरू जारी गरेका छन्, तर ती सबै कार्यान्वयन भइरहेका छैनन्’ उनले भने ।
‘लोकतन्त्रमा होइन, कर्मचारीतन्त्रमा बाँचिरहेका छौँ’
ट्रम्पले अमेरिकी जनताको करको पैसा प्रयोग गरेर अवैध आप्रवासीहरूलाई होटलहरूमा राख्न प्रतिबन्ध लगाएको तर उनको आदेश अझै कार्यान्वयन नभएको मस्कले बताए। मस्कले भने, ‘राष्ट्रपतिको कार्यकारी आदेशको उल्लङ्घन बन्द हुनुपर्छ र राष्ट्रपतिको आदेश कार्यान्वयन भएको सुनिश्चित गर्नु सरकारी दक्षता विभागको काम पनि हो ।’
राष्ट्रपति जनताद्वारा निर्वाचित भएको तर कर्मचारीतन्त्रले जनताका भावनाविरुद्ध काम गरिरहेको पनि उनले बताए । कर्मचारीतन्त्रले राष्ट्रपतिको आदेश कार्यान्वयन हुनबाट रोकिरहेको र यसको अर्थ उनीहरूले जनताको भावनाविरुद्ध काम गरिरहेको पनि उनले भने । अहिलेको अवस्था हेर्दा आफूहरू लोकतन्त्रमा नभएर कर्मचारीतन्त्र प्रणालीमा बाँचिरहेका पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ फागुन २०८१, १४ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मैले जर्बजस्ती सरकार कब्जा गरेको छैन : मस्क
यूएसएडविरुद्ध खनिए एलन मस्क- आपराधिक संस्था भन्दै मर्ने समय आएको दाबी
एक्समा एलन मस्कले फेरे आफ्नो नाम
एलन मस्कसँग प्रधानमन्त्रीको भर्चुअल संवाद
चुनाव जितेपछि ट्रम्पले गरे मस्कसँग पार्टी
एक्समा एलन मस्कले गरेको लगानी भन्दा ८० प्रतिशत कम मुल्य !