संघीय समाजवादी फोरम, नेपालको पार्टी केन्द्रीय कार्य समिति बैठक बुधबार बस्ने

आइतबार, १६ बैशाख २०७५, १९ : २६
संघीय समाजवादी फोरम, नेपालको पार्टी केन्द्रीय कार्य समिति बैठक बुधबार  बस्ने

काठमाडौं । संघीय समाजवादी फोरम, नेपालको पार्टी केन्द्रीय कार्य समिति बैठक आगामी बुधबार  बस्ने भएको छ । पार्टीको आईतबार काठमाडौंमा सम्पन्न राजनीतिक समितिको बैठकले केन्द्रीय कार्य समिति बैठकको मितिसहितको एजेन्डा तय गरेको हो ।
समसामयिक राजनीतिक परिस्थिति र पार्टीको संगठन सुदृढिकरण लगायतका विषयमा छलफल गर्न पार्टी केन्द्रीय कार्य समिति बैठक आगामी बुधबार बोलाउने निर्णय गरिएको नेता रामसहाय यादवले जानकारी दिए ।

संघीय समाजवादी फोरम, नेपालले सरकारलाई समर्थन दिएपनि आफूहरुको माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता नआई सरकारमा नजाने अडान राख्दै आएको छ ।  नेता यादवले राजनीतिक समितिको बैठकले पनि मधेशका जनताको पक्षमा लिएको पार्टीका अडान अनुरुप लिखित प्रतिबद्धता सरकारले जनाएमात्रै सरकारमा जाने अडान यथावत रहेको स्पष्ट पारे ।
बैठकमा अध्यक्ष यादवले सरकारका पछिल्ला गतिविधि संघीयताविरोधी रहेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस