चितवन । अर्थमन्त्री जनार्दन शर्माले एमसिसीको विषयमा पाँच दलीय गठबन्धनले निर्णय गर्ने बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले गठबन्धनको सरकार भएकाले उसैको निर्णयानुसार चल्ने बताए ।
उनले भने, “ यसबारे गठबन्धनभित्र छलफल भइरहेको छ । सरकारमा पनि छलफल जारी छ ।” देशको विकास, प्रगति, संविधानको रक्षा र कार्यान्वयनका लागि अहिलेको सरकार बनेको भन्दै उहाँले हरेक निर्णय गठबन्धनबाटै हुने बताए । अर्थमन्त्री शर्माले विदेशी लगानी, विकास निर्माण र कोभिडले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार लागिरहेको छ भने ।
फरक प्रसङ्गमा बोल्दै उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सरकार सकारात्मक रहेको बताए । धुर्मुस–सुन्तली फाउन्डेसनले साहासिक कदम अघि बढाएको भन्दै उनले सरकारले यसमा कसरी सहयोग गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए । उनले भने, “थोरै लगानीमा पनि खेल खेलाउन सक्ने स्थितिमा पुगेको बुझेको छु । मैले उहाँहरुलाई निराश नहुनुस् अघि बढ्नुस भनेको छु ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ मंसिर २०७८, १७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीको मुख्यमन्त्री माओवादीले नै लिनुपर्छ : जनार्दन शर्मा
संस्थागत हितको पक्षमा पार्टीमा विषय उठान गरेको हुँ : जनार्दन शर्मा
कर्णालीको विकास गरेमात्रै देशको विकास सम्भव : जनार्दन शर्मा
विद्युत् लाइन काट्ने निर्णयबारे बहस चल्नु दुर्भाग्य : जनार्दन शर्मा
एनसेलले लुटको खेती गरिरहेको छ : जनार्दन शर्मा
सानीभेरी किनारामा ओलीलाई जनार्दन शर्माको स्वागत