चितवन। नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले माओवादी र कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नका लागि नयाँ ढंगले सोच्न जरुरी रहेको बताए । शनिवार चितवनमा बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।
उनले केही असन्तुष्टिका कारण तितरवितर भएको माओवादी आन्दोलनलाई एकतावद्ध गर्न ठूलो छाति गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले जनजीविकाको सवालमा आज जनताले प्रश्न गरिरहेको भन्दै प्रश्नको सम्बोधन गर्नु राजनीतिक दलहरुको दायित्व भएको बताएका छन् ।
उनले पीडित वर्गका बालबालिकाहरुले रोजगारी, सहज शिक्षा, गुणस्तरीय उपचार पायो की पाएन भन्नेकुरा मुख्य भएको पनि बताए । उनले भने, ‘जनजीविकाको सवालमा आज जनताले प्रश्न गरिरहेका छन् । हामीसँग असन्तुष्टि व्यक्त गरिरहेका छन् । हामीलाई प्रश्न सोधिरहेका छन् ।
आज एउटा गरिवको छोराले रोजगारी पायो की पाएन रु आज एउटा पीडित वर्गका बालबालिकाहरुले रोजगारी, सहज शिक्षा पायो की पाएन रु आज सरल रुपमा गुणस्तरीय उपचार पायो की पाएन भन्ने विषयहरु आज तेर्सिएका छन् । राजनीतिक पार्टीहरुका अगाडि तेर्सिएका प्रश्न हुन् ।
माओवादीका लागि तेर्सिएका प्रश्न हुन् । यि कुराहरुको सम्बोधन आज जनताले चाहेका छन् । जनजीविकाको सवाललाई सम्बोधन गर्न सक्नु आजका राजनीतिक पार्टी र हाम्रो पार्टीको मुख्य काम हो ।’उपमहासचिव शर्माले समावेशी र संघीयताका मुद्दालाई वर्तमान गठबन्धनले नजरअन्दाज गरेको आरोप लगाए।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०३ कार्तिक २०८१, १६ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय समितिलाई बन्दी बनाउनु हुँदैन : जनार्दन शर्मा
विप्लव र मेरोबिच फाटो ल्याउन भ्रम छरिए : जनार्दन शर्मा
विद्युत् अनुमतिपत्र होल्ड र बिक्री गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ : जनार्दन शर्मा
‘जनयुद्ध’ शब्द प्रयोग गर्न सर्वोच्चले रोक लगाउनु लोकतन्त्रको उपहास हो : जनार्दन शर्मा
स्थानीय स्रोतको उपयोगमा नेता शर्माको जोड
प्रचण्डको नेतृत्व नभएको भए जनयुद्ध हुने थिएन : जनार्दन शर्मा